images
images

काभ्रे-१ मा नेकपा र २ मा रास्वपाको अग्रता, यस्तो छ मत परिणाम


  • 281
    SHARES
  • २०८२ फाल्गुण २२ गते शुक्रबार

    काभ्रे-१ मा नेकपा र २ मा रास्वपाको अग्रता, यस्तो छ मत परिणाम

    काठमाडौँ । काभ्रेपलान्चोकमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतगणना भइरहेको छ। निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीले र निर्वाचन क्षेत्र नं २ मा रास्वपाले अग्रता लिएको छ।

    क्षेत्र नम्बर १ मा अहिलेसम्म महाभारत गाउँपालिकाको वडा नम्बर ५ र ७ को मत गणना गर्दा नेपाली कम्युनिष्ट पार्टीका दिननाथ गौतम ७५७, नेपाली काँग्रेसका गुणराज मोक्तान ५३८, नेकपा एमालेका अमि तामाङले २०३ र राष्ट्रिय स्वतन्त्र पार्टीका मधुकुमार चौलागाईँले ५४ मत प्राप्त गरेका छन्।

    क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। रास्वपाका वदन कुमार भण्डारीले हालसम्म ५१११, नेकपा एमालेका अशोक कुमार व्याञ्जु श्रेष्ठले २१०८, नेपाली काँग्रेसका मधुप्रसाद आचार्यले ११३२ र नेपाली कम्युनिष्ट पार्टीका वसुन्धरा हुमागाईँले ३३३ मत प्राप्त गरेका छन्।

     


    images
    images

    Logo