images
images

विद्यालयको पठनपाठन बन्द गराउने वा वाधा गराउनेलाई कारवाही हुनेछ — प्रमुख शाह


  • 329
    SHARES
  • २०८० आषाढ ३ गते आइतबार

    विद्यालयको पठनपाठन बन्द गराउने वा वाधा गराउनेलाई कारवाही हुनेछ — प्रमुख शाह

    काठमाडौं । आज देशभरका सामुदायिक विद्यालयको पठनपाठन बन्द गर्ने खवरप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको प्रमुख बालेन्द्र शाह (बालेन) ले बताएका छन् । ‘२०६८ ज्येष्ठ ११ गते सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको छ ।’ प्रमुख शाह भने, ‘विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को बुँदा न ६.२ को (घ) ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलापहरू नभएको हुनुपर्ने व्यवस्था गरेको छ । 

    विद्यालयमा पठन पाठन बन्द गराउनेहरुलाई यो व्यवस्था स्मरण गराउँदै काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रको अवधारणा विपरीत हुने गरी कुनै पनि कार्य गर्न बन्देज गरिएको व्यहोरा सम्बद्ध सवैलाई जानकारीका लागि अनुरोध गर्दछु ।’

    प्रमुख शाहले आफ्नो सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू एवं विद्यालय व्यवस्थापन समितिलाई नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएका छन् । नियमित कक्षा सञ्चालन गर्न कुनै संस्था वा व्यक्तिले वाधा गरे कारवाही गरिने प्रमुख शाहको भनाइ छ ।

    कारवाहीका विषयमा स्पष्ट पार्दै प्रमुख भने, ‘शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१ (क) बमोजिम पदबाट हटाइने छ । व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा तथा नियमित कक्षा सञ्चालनमा बाधा पुर्याउने काम भएमा महानगरपालिका शिक्षा ऐनको दफा २८ बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन गरिनेछ ।’

    कुनै संस्थाले बल प्रयोग गरेर पठनपाठन बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी्ेर नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिने तथा शिक्षा ऐन र प्रचलित अन्य कानुन बमोजिम कारबाही गरिने प्रमुख शाहको भनाइ छ । 

     


    images
    images

    Logo