काठमाडौं । इन्डियन आयत कर्पोरेसन लिमिटेड (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएअनुसार पेट्रोलियम पदार्थको मूल्य ८६ पैसा बढेर आएको हो ।
त्यस्तै, डिजेलको मूल्य पनि प्रतिलिटर ३७ पैसा बढेर आएको हो । अहिले नेपाली बजारमा पेट्रोल प्रतिलिटर १ सय ७५ रुपैयाँ तथा डिजेल १ सय ५५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।
आईओसीले हरेक १५ दिनमा नयाँ मूल्य पठाउने गरेको छ ।