images
images

उड्डयन प्राधिकरणलाई भवन नक्सा पास गर्न पत्र


  • 368
    SHARES
  • २०८० जेठ ३२ गते बिहीबार

    उड्डयन प्राधिकरणलाई भवन नक्सा पास गर्न पत्र

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल उड्डयन प्राधिकरणलाई पत्र लेख्दै सिनामंगलको भवनको नक्सा गराउन अनुरोध गरेको छ । सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले लेखेको पत्रमा भवन निर्माण सम्बन्धी नियम पालना गरेको प्रमाण पेश गर्न भनिएको छ ।

    मापदण्डमा पुग्ने तर नक्सा पास नगरेका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिका भवन नक्सा पास प्रक्रियामा आउन महानगरले पहिलो पटक २०७९ भदौ २३ गते ९० दिनको अवधि दिएर सार्वजनिक सूचना जारी गरेको थियो । यसबाट करिब ७ हजार निवेदन दर्ता भए । तीमध्ये १ हजार ७ सय बढी नक्सा स्वीकृत भइसकेका छन् । 

    यसरी दिइएको समयमा नियमित प्रक्रियामा आउन नसक्नेहरुका २०८० ज्येष्ठ ३ गते ३५ दिनको अवधि दिएर सार्वजनिक सूचना जारी गरिएको छ । यसबाट सरकारी, गैरसरकारी, वित्तिय संस्था लगायत सबैलाई नक्सा स्वीकृतिका लागि आउन आग्रह गरिएको छ । 

    यसरी गरिएको अनुरोधको वेवास्ता गरेर नक्सा विपरीतका भवन सञ्चालकहरु अटेर भइ बसेमा महानगरले स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित भवन सम्बन्धी मापदण्ड, भवन संहिता, कार्यविधि र महानगरको निर्णयबमोजिम कारवाही गर्ने योजना बनाएको छ ।  


    images
    images

    Logo