images
images

राजु मास्टर र बल्छी धुर्वेसहित ८ कलाकार पक्राउ, बेटिङ प्रचार गरेको आरोप


  • 607
    SHARES
  • २०८० जेठ ३२ गते बिहीबार

    राजु मास्टर र बल्छी धुर्वेसहित ८ कलाकार पक्राउ, बेटिङ प्रचार गरेको आरोप

    काठमाडौं ।  राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) सहित ८ जना कलाकार पक्राउ परेका छन् । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । 

    उनीहरुबाहे पक्राउ पर्नेमा पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपाली रहेका रहेका छन् । 

    प्रहरीले बुधबार पनि वानएक्स बेटमार्फत एक अर्ब बढीको सट्टेबाजी गराउने पाँच एजेन्टलाई सार्वजनिक गरेको थियो । पछिल्लो समय सामाजिक सञ्जालमा बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार तीव्र रूपमा हुन थालेपछि प्रहरीले त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि कारबाहीको तयारी थालेको हो ।


    images
    images

    Logo