काठमाडौं । कलाकार बल्छि ध्रुबे पक्राउ परेका छन् । वान एक्स बेटमा विज्ञापन र सट्टेबाजी गरेको आरोपमा बल्छि ध्रुबे सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका सबैले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ ।
अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’ नेपालमा प्रतिबन्धित छ । उनीहरूलाई काठमाडौंको स्वयम्भूलगायतका ठाउँबाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेका अन्य कलाकारका बारेमा भने प्रहरीले केही खुलाएको छैन।
प्रहरीका अनुसार यस घटनामा ७४ करोडभन्दा बढी कारोबार भएको देखिएको छ ।