काठमाडौं । कोशी प्रदेशले अध्यादेश मार्फत बजेट ल्याउने भएको छ । प्रदेश प्रमुखले सरकारको सिफारिसमा अध्यादेश जारी गरेका छन ।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० जारी भएको हो ।
प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा २०२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यही अध्यादेशअनुसार अल्पमतमा रहेको हिक्मतबहादुर कार्की नेतृत्वको सरकारले असार १ मा बजेट ल्याउनेछ ।
