images
images

राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार बैरागीद्वारा सपथ


  • 215
    SHARES
  • २०८० जेठ ३२ गते बिहीबार

    राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार बैरागीद्वारा सपथ

    काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकारमा नियुक्त भएका निवर्तमान मुख्यसचिव शङ्करदास बैरागीले सपथ लिएका छन् । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उनलाई सपथ गराएका हुन् । 

    सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि आजै प्रधानमन्त्री दाहालको अध्यक्षतामा सिंहदरबारमा परिषद्को बैठक बसेको थियो । 

    मन्त्रिपरिषद् बैठकले बैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार र प्रधानमन्त्री कार्यालयका सविच डा वैकुण्ठ अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । 


    images
    images

    Logo