काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मूल्य घटेको छ । बिहीबार छापावाला सुनको मूल्य १ लाख ११ हजार रुपैयाँ कायम भएको छ ।
बुधबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ४ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।