काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य घटेको छ ।
विहीबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ६ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ६६ पैसा कायम रहेको छ । बुधबार डलर १ सय ३२ रुपैयाँ १० पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६५ रुपैयाँ ६८ पैसा र बिक्री दर १ सय ६६ रुपैयाँ ४४ पैसा रहेको छ।
