images
images

बाह्र जनाको नामबाट ६३ वटा खाता खोलेर अवैध कारोबार


  • 353
    SHARES
  • २०८० जेठ ३१ गते बुधबार

    बाह्र जनाको नामबाट ६३ वटा खाता खोलेर अवैध कारोबार

    काठमाडौं । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले ६४ करोड रुपैयाँको अवैध कारोबार गरेको फेला परेको छ । 

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विलाश थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेर सट्टेबाजको मुख्य एजेन्टकोरुपमा सक्रिय भएको पाइएको हो ।

    सट्टेबाजको रकम प्रयोग गर्न दिनेशले ६३ वटा खाता खोलेको भेटिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा मनोज केसीले जानकारी दिए। उनका अनुसार उनीसहित सट्टेबाजीको एजेन्टकारुपमा सक्रिय रहेका अन्य चार जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । पक्राउ पर्नेमा निज खड्का, अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछाने छन् । 

    उनीहरुले सट्टेबाजमा ७४ करोड १३ लाख रुपैयाँ कारोबार गरेको पाइएको छ । आशिषले ३ करोड रुपैयाँ कारोबार गरेको फेला परेको छ भने दिपेशले ५ करोड ५४ लाख रुपैयाँ कारोबार गरेको फेला परेको प्रहरी उपरीक्षक डा केसीले बताए । उनका अनुसार आशिषको साथबाट प्रहरीले रू ३७ लाख  बरामद गरेको छ । उनीहरुको साथबाट ल्यापटप, मोबाइल, सिमलगायत विभिन्न सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । 

    कार्यालयले बरामद सामग्रीसहित उनीहरुलाई आज सार्वजनिक गरेको हो । उनीहरुले क्रिप्टो करेन्सीको कारोबार गरेको प्रमाणसमेत फेला परेकाले राष्ट्र बैंक ऐन र जुवा ऐनबमोजिम  मुद्दा अघि बढाउने तयारी गरेको प्रहरीले जनाएको छ ।


    images
    images

    Logo