काठमाडौं । नेपाल मेडिकल कलेजले ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । कलेजले आज एक सुचना जारी गर्दै बिरामीका आफन्तले तोडफोड गरेपछि ओपीडी सेवा अनिश्चितकालका लागि बन्द जनाएको हो ।
बुधबार जारी गरेको सुचना जारी गर्दै कलेज प्रशासनले तोडफोडमा संलग्न व्यक्तिलाई कारबाही नभएसम्म र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म इमर्जेन्सीबाहेक अन्य सबै सेवा बन्द गरेको जनाएको छ। ७१ वर्षीय सुवर्णकुमार धिताल पित्तथैलीको शल्यक्रियाकाे लागि भर्ना भएकाे बिरामीकाे उपचारकाे क्रममा मृत्यु भएपछि मंगलबार बिरामीका आफन्तले अस्पताल तोडफोड गरेका थिए ।
जारी गरेको सुचनामा भनेको छ , ‘अस्पतालमा कार्यरत चिकित्सकीय सेवा प्रदायक चिकित्सक तथा अन्य कर्मचारीलाई कुटपटि गर्ने अप्रिय शब्द प्रयोग गरी अस्पताल सुचारु हुन नदिने काम भयो’ सूचनामा भनिएको छ, ‘तत्काल यस्ता अवाञ्छित तत्वहरुलाई नियन्त्रणमा लिई कारवाही हुन र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म यस अस्पतालको इमर्जेन्सीबाहेक सम्पूर्ण ओपीडी सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।’




