images
images

भूकम्पले भत्किएका पशुपति क्षेत्रका ७१ सम्पदा पुन : निर्माण, अब १९ वटा बाँकी


  • 269
    SHARES
  • २०८० जेठ ३१ गते बुधबार

    भूकम्पले भत्किएका पशुपति क्षेत्रका ७१ सम्पदा पुन : निर्माण, अब १९ वटा बाँकी

    काठमाडौंं । २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रका ७१ वटा सम्पदा पुनःनिर्माण गरिएको छ । चालु आर्थिक वर्षमा ३ वटा सम्पदाको काम भइरहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिए । 

    सोह्रवटा सम्पदा अझै पुनःनिर्माण हुन सकेको छैन । भूकम्पले क्षति भएका पशुपति क्षेत्रका जयवागेश्वरी, महास्नानघर, कुलानन्द झा सत्तल, गुह्येश्वरस्थित सेतो सत्तल, शङ्कराचार्य मठस्थित शङ्कराचार्य मन्दिर, लाल गणेश मन्दिर, श्राद्ध पाटी, चौतरीया शिवालय, पन्ध्र शिवालय, अमरकान्तेश्वर मन्दिर, सुरेशकान्तेश्वर मन्दिरलगायत सम्पदा पुनःनिर्माण गरिएको हो । भूकम्पले पशुपति क्षेत्रका ९० वटा सम्पदामा क्षति पुगेकाले पुन : निर्माण गर्नुपर्ने भएको उनले सुनाए ।
     
    विश्वरुप मन्दिरलगायत सम्पदामा चालु आर्थिक बर्षका लागि छुट्याइएको बजेटको काम सकिएको छ । यो मन्दिर बहुवर्षीय ठेक्कामा निर्माण भइरहेको छ ।


    images
    images

    Logo