images
images

एकैदिन २९ सय सवारी चालक परे ट्राफिक प्रहरीको कारबाहीमा


  • 397
    SHARES
  • २०८० जेठ ३१ गते बुधबार

    एकैदिन २९ सय सवारी चालक परे ट्राफिक प्रहरीको कारबाहीमा

    काठमाडौं । एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ९ सय ७३ जना चालकहरू ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । मंगलबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सवारी चालकलाई प्रहरीले कारवाही गरेको हो । 

    कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने ७८ जना, सडक लेन उल्लङ्घन गर्ने १ सय ६९ जना, रातो बत्तीको उल्लङ्घन गर्ने १ सय ३७ जना रहेका छन् । 

    यस्तै, निशेधित ठाउँमा हर्न बजाउने ११ जना, नम्बर प्लेट बिना चलाउने २८ जना, लिडारगनमा ३ सय २२ र अन्य २ हजार २ सय ७३ जना चालकलाई कारबाही गरिएको काठमाडौैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

     


    images
    images

    Logo