images
images

२ पाङ्ग्रे सवारीसाधनका लागि सरकारले लगायो यस्तो मापदण्ड


  • 521
    SHARES
  • २०८० जेठ ३१ गते बुधबार

    २ पाङ्ग्रे सवारीसाधनका लागि सरकारले लगायो यस्तो मापदण्ड

    काठमाडौं । सरकारले २ पाङ्ग्रे सवारीसाधनलाई सार्वजनिक यातायातका रुपमा प्रयोग गर्नेहरुका लागि  विभिन्न मापदण्डहरु तोकिदिएको छ । सरकारले सार्वजनिक यातायातमा प्रयोग हुने दुई पांग्रे सवारीहरुको नियमन सम्बन्धी राष्ट्रिय निर्देशिका, २०८०’ मस्यौदा तयार गर्दै विभिन्न मापदण्डहरु तोकेको हो । 

     हाल नेपालमा सञ्चालित पठाओ, इन्ड्राइभर लगायतका राइड सेयरिङ कम्पनीहरु संचालनमा आइरहेका छन् । सोही दुई पांग्रे सवारीका माध्यमबाट हुने सार्वजनिक यातायातलाई नियमन गर्न सरकारले मस्यौदा तयार गरेको हो ।

    सरकारले तयार गरेको उक्त निर्देशिकामा अब  राइड सेयरिङ सेवाप्रदायक दर्ता भएको हुनुपर्ने, बाइक, स्कुटरलाई सार्वजनिक यातायातको रुपमा प्रयोग गर्नेले सवारीसाधनमा नाम वा लोगो अनिवार्य राखेको हुनुपर्ने उल्लेख गरिएको छ । 

    त्यस्तै, यस्ता सवारी साधन  प्रयोग गर्नेले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने, यात्रु बोकेर १५ किलोमिटरभन्दा लामो दुरीसम्म जान नपाउने जनाइएको छ ।  यस्तै राइड सेयरिङ गर्ने सवारीचालकले एक दिनमा १२ घण्टा मात्रै काम गर्न पाउने व्यवस्था पनि गरिएको छ । 

    साथै, दुई पांग्रे सवारीमा सवार दोस्रो व्यक्तिको सुरक्षाका लागि पछाडि पट्टी दायाँ वा बाँयातर्फ स्थायी ह्यान्ड ग्रिप जडान भएको, पछाडिको चक्काको बायाँ पट्टिको कम्तिमा ५० प्रतिशत भाग ढाकिने गरी सुरक्षा छेकवार जडान भएको हुनुपर्ने मस्यौदामा उल्लेख गरिएको छ ।

     

     


    images
    images

    Logo