काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेके छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ रहेको सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँ कायम गरिएको छ भने चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।