images
images

विद्यालयमा लगाइएको ताला महानगर प्रहरीले खोल्यो


  • 331
    SHARES
  • २०८० जेठ ३० गते मंगलबार

    विद्यालयमा लगाइएको ताला महानगर प्रहरीले खोल्यो

    काठमाडौं । विद्यार्थी संगठनले महानगरको क्षेत्राधिकारभित्र रहेका विद्यालयमा लगाएको ताला नगर प्रहरी बलले खोलेको छ । विभिन्न माग राख्दै विद्यार्थी संगठनले तालाबन्दी गरेको थियो । ताला लगाइएका विद्यालयहरु वडा १५ मा ठूलो भ¥याङ्मा रहेको संस्कृति इन्टरनेशनल स्कूल र वडा ३ बाँसबारीमा रहेको युलियन्स स्कूल हुन् ।  

    यस विषयमा प्रतिक्रिया दिँदै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, विद्यालयले नियमको पालना नगरेको पाइए महानगरमा उजुरी गर्न अनुरोध गरेका छन् ।   

    ‘हामी शैक्षिक गुणस्तर सुधारका लागि नियमित काम गरिरहेका छौँ । विद्यालयमा कसैले पनि राजनीति गरेको हामी कल्पना पनि गर्न सक्दैनौँ । चाहे त्यो सरकारी होस् वा निजी ।’ प्रमुख शाहले भन्नुभएको छ, ‘हामीले विद्यालयमा लगाएको ताला फोडेर शैक्षिक क्रियाकलाप नियमित गराएका छौँ ।’

    यस अघि प्रमुख शाहले सार्वजनिक अपिल गर्दै शिक्षकलाई राजनीति नगर्न, कुनै दलको सदस्य लिएको भए त्याग गर्न अनुरोध गरेका थिथए। यसै गरी विद्यालयमा राजनीतिक नगर्न अर्को पटक सार्वजनिक सूचनामार्फत आग्रह गरिएको थियो । 

    लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्नेजस्ता नियमको पालना गराउन महानगर आफैँले नियमित अनुगमन र नियमनका काम गरिरहेको छ । 


    images
    images

    Logo