काठमाडौं । माइतीघरमा एक युवकले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन् । नागरिकताको माग गर्दै युवकले आत्मदाहको प्रयास गरेका हुन् ।
सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि युवकले मोरङ कटहरीका निरजकुमार कामतले आत्मदाहको प्रयास गरेका हुन् ।
उनले आफैँलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गर्न लागेको प्रहरीले देखिपछि उनलाई प्रहरीले रोकेका थिए । हाल उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।