काठमाडौं । ईसेवा मनिट्रान्सफरमार्फत् पठाएको रेमीट्यान्स नबिल बैंकको जुनैपनि शाखाबाट भुक्तानी गर्न सकिने भएको छ । मंगलवार ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै उक्त सेवा सुरु हुने भएको हो ।
यस सम्झौता अन्तर्गत मुलुकभरी तथा संसारका २०० बढी राष्ट्रहरुमा कारोवार विस्तार गरिरहेको रेमिट्यान्स कम्पनी, ईसेवा मनि ट्रान्सफरबाट पठाएको रेमिट्यान्स नबिल बैंका २५५ वटा शाखामध्ये जुनसुकै बाट पनि भुक्तानी गर्न सकिने जनाइएको छ ।
ईसेवा मनि ट्रान्सफरकले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरुको साथै नेपालका प्रायजसो सबै बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ। ईसेवा मनि ट्रान्सफरकले सेवाग्राहीहरुलाई आफ्ना १,७५००० भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका एक करोड ६० लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको सहायक कम्पनी पनि हो ।
नबिल बैंक लिमिटेडले ३८ वर्षदेखि देशव्यापी रूपमा आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेर २०४१ असार २९ गते स्थापना भएको नबिल बैंक, नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र वित्तीय संस्थाको रूपमा सञ्चालन भई रहेको छ। हाल, ७ प्रदेश र ७७ ओटै जिल्लामा रहेका २५५ शाखाहरुका साथ, नबिल बैंक धेरै रुचाइएको बैंक बन्न सफल भएको छ ।



