images
images

शारीरिक सुगठन महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ मनोनित


  • 294
    SHARES
  • २०८० जेठ ३० गते मंगलबार

    शारीरिक सुगठन महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ मनोनित

    काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ मनोनित भएका छन् । नेपाल आइतबार बसेको महासंघको पहिलो साधारण सभाबाट महासंघको अध्यक्ष पदमा राजेशबाबु श्रेष्ठ निर्वाचित भएका हुन्।

    नव निर्वाचित कार्यसमितिको पहिलो बैठकले महासंघको स्विकृत विधान बमोजिम राजेशलाई उपाध्यक्षमा मनोनित गर्नका साथै ७ जना सदस्य मनोनयन गरिएको छ। 

    मनोनित हुनेहरुमा ज्ञानेन्द्र नकर्मी, नविन आले मगर, प्रज्वल राई, निर्मला महर्जन, रेणुका श्रेष्ठ, रचना श्रेष्ठ,देविका राई रहेका छन्। महासंघको वरिष्ठ उपाध्यक्षमा विजयलाल कायस्थ, उपाध्यक्षमा सुजन लामा, रोशन महर्जन, महासचिवमा अजय बज्राचार्य निर्वाचित भएका छन्। त्यसैगरी सचिवमा दिनेश कुमार राजभण्डारी र कोषाध्यक्षमा बलराम सुवेदी निर्वाचित भएका छन्।

    त्यस्तै, महासंघको सदस्यहरुमा दिनेश श्रेष्ठ, राजकुमार श्रेष्ठ, बाबुकाजी मानन्धर, नरेशकुमार मल्ल, अमृत रोकाया क्षेत्री, राजेश रत्न बज्राचार्य, दुर्गा बहादुर श्रेष्ठ, ननिता महर्जन विनिता राई चयन भएका छन्।

    यसैगरी वाग्मतीको संयोजकमा राजनकुमार श्रेष्ठ, लुम्बिनीको संयोजकमा सितुप्रसाद श्रेष्ठ,गण्डकीको संयोजकमा ओकील(शंकर) मान तुलाधर उदास र कर्णालीको संयोजकमा रमेशकुमारकेसी चुनिएका छन्। 

    महासंघको हाल ४ प्रदेश संघ र ३० जिल्ला संघ भइसकेको र कार्यसमितिको पदावधि ४ वर्षको रहने जनाइएको छ।


    images
    images

    Logo