काठमाडौं । नेपाल बैंकर्स संघले असार महिनाको लागि ब्याजदर यथावत राख्ने निर्णय गरेको छ । संघको आज बिहान बसेको कार्यसमितिको बैठकले ब्याजदर यथावत राख्ने निर्णय गरेको हो । अहिले बैंकहरुले मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिइरहेका छन्।
जेठमा पनि बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राखेका थिए भने अब असारमा पनि सोही दर कायम हुनेछ । गत चैतसम्म ११ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर बैशाखमा १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ प्रतिशतमा झारेका थिए। संस्थागत निक्षेपकर्ताको ब्याज दर ७.९९ प्रतिशत छ भने बचतको ब्याज दर ५.४ देखि ७.४ प्रतिशत कायम भएको छ।
बैशाखमा नै निक्षेपको ब्याजदर घटेकोले असार महिनामा कर्जाको ब्याजदर भने घट्ने छ।