काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
सोमबार प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ रहेको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।