images
images

राष्ट्रब्यापी खुल्ला पुरुष भलिबलको उपाधि गणतान्त्रिक खेलकुद महासंघलाई


  • 320
    SHARES
  • २०८० जेठ ३० गते मंगलबार

    राष्ट्रब्यापी खुल्ला पुरुष भलिबलको उपाधि गणतान्त्रिक खेलकुद महासंघलाई

    भक्तपुर । राष्ट्रब्यापी  खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि गणतान्त्रिक खेलकुद महासंघले जितेको छ।

    ओखलढुंगाको लिखु टिमलाई ३–१ को सेटमा पराजित गर्दै गणतान्त्रिकले उपाधि उचालेको हो । भक्तपुरको हर्षचौकमा आयोजित खेलको पहिलो सेट २१–२५ ले गुमाएको गणतान्त्रिकले त्यसपछि लगातार तीन सेटमा २५–२०, २५–१९ र २५–२२ ले जित निकालेको थियो । प्रतियोगितामा आयोजक ओम श्रृजनसिल समाजको टिमलाई पाखा लगाउँदै न्युटन एकेडेमीले तेस्रो स्थान हाँसिल गर्यो ।

    ओम सृजनशील समाजले आयोजना गरेको प्रतियोगिताको विजेता टिम गणतानित्रकले ५० हजार नगद पुरस्कारसहित ट्रफि र मेडल हात पार्यो । वागमती प्रदेशसभा सदस्य किरण थापाले प्रतियोगितामा प्रथम हुने नेपाल गणतान्त्रिक खेलकुद महासंघलाई नगद पुरस्कार, ट्रफि, मेडल, प्रमाणपत्र प्रदान गरे । 

    353833379_767189355180440_3753448103221606018_n.jpg

    आयोजक समितिका संयोजक पेशल आचार्यका अनुसार, दोश्रो हुने लिखु–६ ओखलढुङ्गालाई नगद पुरस्कार २५ हजार, ट्रफि, मेडल, प्रमाणपत्र, तेश्रो हुने न्यूटन एकेडेमीलाई  १५ हजार, ट्रफि, मेडल, प्रमाणपत्र र सान्त्वना हुने ओम श्रृजनसिल समाजलाई १० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

    त्यस्तै प्रतियोगितामा गणतान्त्रिक महासंघका खेलाडी बिष्णु बस्नेतले म्यान अफ दि म्याचको उपाधी जित्न सफल भए । त्यसैगरी बेस्ट स्पाइडरमा महासंघकै समित श्रेष्ठ, बेष्ट ब्लकरमा महासंघकै सन्तोष रानामगर, बेष्ट सेटर महासंघकै मनोज घिमिरे, बेष्ट लिब्रोको उपाधी लिखु–८ का सन्दिप थापा र बेष्ट सर्भरको उपाधि न्यूटन एकेडेमीका धिरज काजी बस्नेतले हात पारे।  

    349282151_812690463338432_8881257102505580800_n.jpg

    349111555_579286481024576_5217866948969444805_n.jpg

    कार्यक्रमलाई सम्बोधनगर्दै प्रदेश सभाका सदस्य किरण थापाले खेलमा देखिएको दर्शकको भीडले भक्तपुरमा भलिबल खेलका लागि खेल मैदान निर्माण गर्नुपर्ने आवश्यकता देखिएको बताए । यस प्रकारको प्रतियोगिता आगामी दिनमा गरिरहनु पर्ने र खेल तथा खेलाडीको मनोबल बृद्धि गरिरहनु पर्नेमा जोड दिदै थापाले खेल मैदानका लागि  वाग्मती प्रदेश सरकारबाट सक्दो सहयोग गर्न प्रयास गर्ने बचन दिए ।

    कार्यक्रममा जिल्ला खेलकुद विकास समिति भक्तपुरका प्रमुख दीपक थापा, सूर्यविनायक नगरपालिका–४ का वडाध्यक्ष लछुराम न्यौपानेले, कार्यक्रमका सभापति एवं आयोजक समाजका अध्यक्ष अर्जुन केसीलगायतले भलिबल खेल मैदानको आवश्यकतालाई संघ, प्रदेश र स्थानीय सरकारले पुरा गर्न लाग्नु पर्नेमा जोड दिए ।समापनका अवसरमा नेपालको प्रतिनिधित्व गर्दै बिभिन्न देशमा गएर भलिबल खेलेका खेलाडी धिरजकाजी बस्नेत र बिष्णु बस्नेतलाई सम्मान गरिएको थियो ।

    353424979_645934547458710_8117802379258753735_n.jpg

    आयोजक संस्थाका अध्यक्ष अर्जुन केसीका अनुसार, शनिबारदेखि शुरू भएको प्रतियोगितामा ८ जिल्लाका १० टिमको सहभागिता रहेको थियो । सोहि अवसरमा प्रतियोगिता सफल बनाउँन सहयोग गर्ने बिभिन्न व्यक्तिलाई सम्मान समेत गरिएको थियो । 

    352955916_226170893513431_3142996685823346562_n.jpg

     


    images
    images

    Logo