काठमाडौं । एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार २ सय ४९ जना चालकहरू ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सवारी चालकलाई प्रहरीले कारवाही गरेको हो ।
कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने १ सय १७ जना, सडक लेन उल्लङ्घन गर्ने १ सय ७७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने १ सय ३७ जना रहेका छन् ।
यस्तै, निशेधित ठाउँमा हर्न बजाउने ४ जना, नम्बर प्लेट बिना चलाउने ६३ जना, लिडारगनमा २ सय ७२ र अन्य २ हजार ५सय ६ जना चालकलाई कारबाही गरिएको काठमाडौैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।