images
images

राष्ट्रब्यापी खुल्ला पुरुष भलिबलको उपाधिका लागि लिखु र गणतान्त्रिक भिड्ने


  • 281
    SHARES
  • २०८० जेठ २९ गते सोमबार

    राष्ट्रब्यापी खुल्ला पुरुष भलिबलको उपाधिका लागि लिखु र गणतान्त्रिक भिड्ने

    भक्तपुर । भक्तपुरमा जारी राष्ट्रब्यापी  खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागिओखलढुंगाको लिखु र गणतान्त्रिक खेलकुद महासंघ भिड्ने भएका छन् । आयोजक ओम श्रृजनसिल समाजको टिमलाई ३-२ ले हराउँदै लिखु फाइनलमा पुगेको हो । 

    पहिलो दुई सेट २५-२१ र २५-२२ ले जित हात श्रृजनसिलले पछिल्ला तीन सेट गुमाएको थियो । त्यसैगरी दोस्रो सेमिफाइनलमा गणतान्त्रिक खेलकुद महासंघले न्युटन एकेडेमीलाई पाखा लगायो । पहिलो सेट जितेको न्युटनलाई त्यसपछिका तीन सेट जित्दै गणतान्त्रिकले उपाधि होडबाट रोकेको थियोे । 

    फाइनल खेल सोमवार अपरान्ह  हुनेछ । त्यसैगरी तेस्रो स्थानका लागि न्युटन एकेडेमी, ओम श्रृजनसिल समाज दिउँसो २ वजे भिड्नेछन् । सूर्यविनायक नगरपालिका-४ हर्सचौकमा आयोजित प्रतियोगिताको उपाधि जित्ने टिमले ५० हजारसहित ट्रफि पाउने छ । दोस्रो हुनेलाई २५ हजार, तेस्रो हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार पुरस्कारको बव्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष अर्जुन केसीले बताए ।

    प्रतियोगिता आयोजक समितिका संयोजक पेशल आचार्यका अनुसार  शनिबारदेखि शुरू भएको प्रतियोगितामा ८ जिल्लाका १० टिमको सहभागिता रहेको छ ।


    images
    images

    Logo