काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र सूचीकरण खारेज गरिएको छ ।
बैंकले जारी गरेको ८ प्रतिशतमा एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०७९ को ४ लाख ६८ हजार ८ सय ४५ कित्ता ऋणपत्र जेठ २८ गतेपछि परिपक्क भएकाले सूचीकरण खारेज गरिएको हो ।
बैंकले ८ प्रतिशत ब्याजदर भएको ४६ करोड ८८ लाख ४५ हजार रुपैयाँ बराबरको ६ लाख ४ लाख ६८ हजार ८ सय ४५ कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।