images
images

पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता 


  • 329
    SHARES
  • २०८० जेठ २८ गते आइतबार

    पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता 

    काठमाडौं ।  प्रधानमन्त्री तथा माओवादी क्रेन्दका नेता पुष्पकमल दाहाल प्रचण्ड र वावुराम भट्टराईविरुद्ध सर्वोच्च अदातलमा रिट दर्ता भएको छ । आइतबार उनीहरुविरुद्ध सशस्त्र युद्धका बालसेना लेलिन विष्टले आफु अबोध नावालाकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयो गरी जबरजस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै रिट दर्ता गरेका हुन् । 

    यसअघि  विष्टको रिट सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने भन्दै रिट दरपीठ गरिदिएको थियो । दरपीठविरुद्ध विष्टले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियाे । रिटमा दुबै नेतालाई युद्ध अपराधमा मुद्दा दर्ता गरी कारबाही अघि बढाउन माग गरिएको छ । तत्कालीन द्वन्द्वमा माओवादीका तर्फबाट सामेल गराइएका व्यक्तिहरूले आफूहरू बालबालिका रहँदै अन्तर्राष्ट्रिय मानवअधिकार कानुनविपरीत सैन्य गतिविधिमा लगाइएको भन्दै मुद्दा लिएर दर्ता गरेका हुन् ।

    तर, यो संक्रमणकालीन न्यायको विषय भएकाले नियमित अदालतमा प्रवेश गर्न नसक्ने भन्दै सर्वोच्चका रजिस्ट्रार नारायण पन्थीले गत जेठ १६ गते दरपीठ (दर्ता नगर्ने निर्णय) आदेश गरेका थिए । दरपीठको निर्णयविरुद्ध निवेदकहरूले सिधै इजलासमा निवेदन दायर गरेका थिए । त्यसमाथि सुनुवाइ गर्दै शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईले रिट दर्ता हुने आदेश दिएका हुन् ।

    यसक्रममा प्रचण्डको प्रधानमन्त्रीको पदीय हैसियत निलम्बनमा राख्नुपर्ने समेत उनको माग छ । उक्त रिटमाथि ३० जेठमा सुनुवाइको मिति तोकिएको छ ।

     

     

     

     


    images
    images

    Logo