images
images

नवौ राष्ट्रिय खाद्य बिज्ञान तथा प्रबिधि समेलन सोमबार देखि


  • 306
    SHARES
  • २०८० जेठ २८ गते आइतबार

    नवौ राष्ट्रिय खाद्य बिज्ञान तथा प्रबिधि समेलन सोमबार देखि

    काठमाडौं । नवौं राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन सोमबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । नेपाल खाद्य बैज्ञानिक तथा प्राबिधिज्ञ संघ (नेफोस्टा), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग लगायतको आयोजनामा उक्त कार्यक्रम २९ र ३० गते आयोजना हुने भएको हो । 


    ‘स्वच्छ र स्वस्थ आहार एवं दिगो खाद्य प्रणालीका लागि खाद्य विज्ञान तथा नवप्रवर्तन’ भन्ने नाराका साथ हुने उक्त मेलाले विश्व खाद्य प्रणाली शिखर सम्मेलनमा प्रधानमन्त्रीले जाहेर गरेका, विश्व सँग सहकार्य गर्दै खाद्य स्वच्छता, खाद्य सुरक्षा, र पोषणको समग्र अवस्था सुधार्ने भन्ने प्रतिवद्धता प्राप्त गर्न मद्दत पुग्ने आयोजकको विश्वास छ । 


    त्यस्तै, नेपालको खाद्य स्वच्छता, खाद्य सुरक्षा, र पोषणको अवस्थामा थप सुदृढीकरण गर्न, नेपालमा अवस्थित परम्परागत एवं ग्रामिण प्रविधिको प्रवर्धन गर्न, तथा नेपालको समग्र खाद्य इको सिस्टमको दिगो बिकास गर्न समेत उक्त मेलाले सहयोग पुग्ने आयोजकले जनाएको छ । 


    images
    images

    Logo