images
images

२८ अर्ब ५० करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, ३ अर्ब ५० करोडको नयाँ


  • 273
    SHARES
  • २०८० जेठ २८ गते आइतबार

    २८ अर्ब ५० करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, ३ अर्ब ५० करोडको नयाँ

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले सोमबार सो रकम बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । 

    राष्ट्र बैंकले २८ दिन अवधिको लागि ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिका लागि ८ अर्ब ५० करोड रुपैयाँ, १८२ दिन अवधिका लागि ४ अर्ब रुपैयाँ, र ३६४ दिन अवधिका लागि ११ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । यीमध्ये ९१ दिन अवधिको ३ अर्ब ५० करोडको नयाँ बिल जारी गर्न लागेको हो ।

    उक्त ट्रेजरी बिल २८ दिनको आगामी असार २६ गते परिपक्व हुनेछ । ९१ दिन अवधिको आगामी भदौ २६ गते परिपक्व हुनेछ भने १८२ दिन अवधिको आगामी मंसिर २६ गते र ३६४ दिन अवधिको आगामी जेठ २९ गते परिपक्व हुनेछ । यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ ।

    उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, तथा सर्वसाधारण नागरिकले सहभागि हुन सक्नेछन् ।     


    images
    images

    Logo