images
images

भक्तपुरमा राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिता शूरु


  • 401
    SHARES
  • २०८० जेठ २७ गते शनिबार

    भक्तपुरमा राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिता शूरु

    भक्तपुर । भक्तपुरमा राष्ट्रब्यापी  खुल्ला पुरुष भलिबल प्रतियोगिता शूरु भएको छ । सूर्यविनायक नगरपालिका-४ को हर्सचौकमा सो प्रतियोगिता शूरु भएको हो । प्रतियोगिताको शनिबार उद्घाटनगर्दै सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले बिकास निर्माणसंगै नगरपालिकाले  खेलकुद क्षेत्रको बिकासमा ध्यान दिएको बताए । 

    कारोनाले थलिएको खेलकुद क्षेत्र यस्ता प्रतियोगिताले चलायमान हुने नगर प्रमुख थापाको भनाई थियो ।  सूर्यविनायकमा राष्ट्रब्यापी भलिबल प्रतियोगिता आयोजना गरिएकोमा खुसी ब्यक्त गर्दै थापाले 

    नगरपालिकाले विकास निर्माणका साथै खेल क्षेत्रलाई पनि विशेष प्राथमिकता दिएको बताए । खेलाडीहरु राष्ट्रका गणना भएको बताउँदै प्रमुख थापाले नगरपालिकाले खेल क्षेत्रको विकासमा कुनै कञ्जुसाई नगर्ने प्रतिबद्धता जनाए ।

    bhatapur game 1.jpg

    आृेम सृजनशील समाजका अध्यक्ष अर्जुन केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले पनि मन्तव्य ब्यक्त गरेका थिए ।

    प्रतियोगिता आयोजक समितिका संयोजक पेशल आचार्यका अनुसार प्रतियोगितामा विभिन्न जिल्लाका १० वटा टिमको सहभागिता रहेको छ ।  सोमबारसम्म चल्ने  प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २५ हजार, तेस्रो हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार पुरस्कारको बव्यवस्था गरिएको छ । 

    ॐ सृजनशील समाजको आयोजनामा भएको कार्यक्रम सूर्यविनायक नगरपालिका समन्वयमा सञ्चालन भएको आयोजक संस्थाका अध्यक्ष अर्जुन केसीले बताए । केसीका अनुसार प्रतियोगिता सञ्चालन गर्न लक्की आलमुनियम र दक्षिण बाराही बृक उधोगले मुख्य प्रायोजन गरेका छन् ।

    bhatapur game 3.jpg

     

     


    images
    images

    Logo