images
images

एकैदिन २९ सय भन्दा बढी सवारी चालक कारवाहीमा


  • 394
    SHARES
  • २०८० जेठ २७ गते शनिबार

    एकैदिन २९ सय भन्दा बढी सवारी चालक कारवाहीमा

    काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन २ हजार ९ सय ४७ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई शुक्रबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय २२ जना, लेन अनुशासन पालना नगर्ने १ सय ६९ जना, रेड लाइडमा सवारी साधन चलाउने १ सय ६४ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १९ र नम्बर प्लेट राम्रोसँग नराख्ने ४४ जना, लिडारगन ४ सय ४८ जना चालक रहेका छन् ।  यस्तै १ हजार ९ सय ४७ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।


    images
    images

    Logo