images
images

वैदैशिक रोजगारीका लागि श्रम स्वीकृति दिन सुरु


  • 265
    SHARES
  • २०८० जेठ २६ गते शुक्रबार

    वैदैशिक रोजगारीका लागि श्रम स्वीकृति दिन सुरु

    काठमाडौं । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई हेटौँडा उपमहानगरपालिकाले प्रथम पटक श्रम स्वीकृति दिने कार्य सुरु गरेको छ । यसअघि श्रम स्वीकृतिका लागि वैदैशिक रोजगार विभाग पुग्नुपर्ने बाध्यता रहेको थियो ।

    उपमहानगरपालिकाबाट श्रम स्वीकृति दिन थालेपछि सहज भएको बताइएको छ । श्रम स्वीकृतिका लागि वैशाख १ गतेदेखि अनलाइन प्रणालीको सुरुआत भएसँगै उक्त सेवा स्थानीय तहले नै दिन पाउने व्यवस्था भएकाले सो उपहानगरपालिकाले सुरु गरेको छ ।

    श्रम स्वीकृति लिने व्यक्तिले राहदानी, एकप्रति पासपोर्ट साइजको फोटो, पारिवारिक विवरण, बैंक खाता, व्यक्तिगत इमेल आइडी, सम्पर्क नं, रोजगारदाताले दिएको सम्झौता पत्र, राहदानीको प्रतिलिपिसहित उपमहानगरपालिकाको रोजगार सेवामार्फत अनलाइन आवेदन दिन सकिने रोजगार संयोजक विजन श्रेष्ठले जानकारी दिए । 

    वैदैशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा रकमबापत तिर्नुपर्ने शुल्क तोकिएको बैंक खातामा दाखिला गरेपछि श्रम स्वीकृतिका लागि प्रक्रिया अगाडि बढ्ने बताइएको छ । 


    images
    images

    Logo