images
images

यस्तो छ लुम्विनी प्रदेश सरकारले ल्याएकाे नीति तथा कार्यक्रम (पूर्णपाठ) 


  • 253
    SHARES
  • २०८० जेठ २६ गते शुक्रबार

    यस्तो छ लुम्विनी प्रदेश सरकारले ल्याएकाे नीति तथा कार्यक्रम (पूर्णपाठ) 

    काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको  छ । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार अथात् आज प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

    सरकारले सार्वजनिक गरेको कार्यक्रममा कृषि क्षेत्रको व्यावसायिक प्रवर्द्धन, बजारीकरण र रोजगारी केन्द्रित कृषिलाई प्राथमिकतामा राखेको छ । रोजगारी सिर्जना गर्ने नवीनतम उद्योग र पर्यटन क्षेत्रलाई पनि सरकारले प्राथमिकता दिएको छ । सरकारले स्थायी राजधानी निर्माणलाई पनि प्राथमिकतामा राखेको छ ।

    त्यस्तै, लुम्विनी प्रदेश सरकारले रोजगारी, पर्यटन, राजधानी निर्माण, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। कृषिको प्रवर्द्धनका लागि सघन व्यवसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम संचालन गर्नेछ । विभिन्न जिल्लामा सफल देखिएका उत्पादन र बजार प्रणाली पहिचान गरी कृषकबाट कृषकसम्म प्रविधि तथा कार्यक्रम विस्तार गर्ने सरकारको लक्ष्य राखेकाे छ । 

    त्यस्तै प्रदेश सरकारले प्रदेश गौरवको आयोजना पाल्पाको रामपुरदेखि रोल्पाको जिनाबाङ्ग लगायत २० वटा अन्य प्रदेशस्तरका राजमार्ग निर्माण एवं स्तरोन्नति कार्यलाई पनि प्राथमिकतामा राखेको छ ।

    संघ, स्थानीय तह, नीजि क्षेत्र, सहकारी र विकास साझेदारसँगको साझेदारीमा आगामी २ वर्षमा २ लाख उत्पादनशील रोजगारीका अवसर सिर्जना हुने गरी प्रदेशका ९ सय ८३ वटै वडामा सामाजिक परिचालन गर्ने नीति कार्यक्रम सरकारले सार्वजनिक गरेको छ ।


    images
    images

    Logo