images
images

धानको आयात ५३ प्रतिशतले बढ्यो, चामलकाे आयात भने घट्याे


  • 335
    SHARES
  • २०८० जेठ २६ गते शुक्रबार

    धानको आयात ५३ प्रतिशतले बढ्यो, चामलकाे  आयात भने घट्याे

    काठमाडौं । वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि हुने धानको आयातमा ५३ प्रतिशतले वृद्धि भएको छ भने चामलमा २३ प्रतिशतले घटेको छ । 

    गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामा वीरगञ्ज नाकाबाट ६ अर्ब १० करोड रुपैयाँ बराबरको २ लाख २ हजार ५ सय ३९ मेट्रिक टन धान आयात भएको थियो । चालु आर्थिक बर्षको सोही अवधिमा ११ अर्ब ३८ करोड रुपैयाँ बराबरको ३ लाख ८ हजार ९ सय ३३ मेट्रिक टन धान आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक बर्षमा गत आर्थिक बर्षको तुलनामा १ लाख ६ हजार ३ सय ९४ मेट्रिक टन बढी धान आयात भएको हो ।

    त्यस्तै, गत आर्थिक बर्षको साउनदेखि वैशाखसम्ममा २ अर्ब ५८ करोड रुपैयाँ मूल्यको ४० हजार बराबरको २ सय ५४ मेट्रिक टन चामल आयात भएकामा चालु आर्थिक बर्षको सोही अवधिमा २ अर्ब ४५ करोड रुपैयाँ बराबरको ३१ हजार १ सय ३५ मेट्रिक टन चामल आयात भएको भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र शर्मा ढकालले जानकारी दिए । उनका अनुसार चालु आर्थिक बर्षमा ९ हजार १ सय १९ मेट्रिक टन चामल कम आयात भएको छ ।

    चामलको निर्यातमा भारत सरकारले २० प्रतिशत भन्सार कर लगाएपछि चालमको आयात खुम्चिँदै गएको नेपाल चामल तेल दाल सङ्घका अध्यक्ष डा सुबोद गुप्ताले जानकारी दिए । उनले सरकार र खाद्य व्यवसायीको आग्रहमा भारत सरकारले चामल निर्यातमा भन्सार कर लगाउँदै शून्य डियुटीमा धानको कोटा निर्धारित गरेको बताए । 
     
    चामलको आयात घट्दै गएपछि त्यसको सकारात्मक प्रभाव खाद्य उद्योगमा परेको सरोकारवालाको भनाइ छ । स्वदेशी उत्पादनलाई बढाउन सिँचाइ सुविधाको व्यवस्था,  उन्नत जातको बीउ, आवश्यक मलखादलगायत सामाग्री सरकारले किसानलाई उपलब्ध गराएर खाद्यान्नमाथिको परनिर्भरतालाई कम गर्दै लैजानुपर्ने सरोकारवाला बताउँछन् । 


    images
    images

    Logo