images
images

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलोजिष्ट घुससहित पक्राउ


  • 341
    SHARES
  • २०८० जेठ २६ गते शुक्रबार

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलोजिष्ट घुससहित पक्राउ

    काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलोजिष्ट घुससहित पक्राउ परेका छन् । अख्तियार अनुसन्धान आयोगले टेकुमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट (अधिकृत छैठौ तह) लेखनाथ भट्टराई शुक्राबार पक्राउ गरेको हो । 

    उनले ५० हजार घुस लिइसकेकोऊ अवस्थामा रकमसहित पक्राउ गरेको अख्तियार जनाइएको छ । उनले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनेर सेवाग्राहीसँग घुस मागेको आरोप छ। घुस माग गरेको सूचना पाएपछि अख्तियारको टोलीले उनलाई ५० हजार घुससहित काठमाडौं महानगरपालिका–३१ शंखमुलबाट पक्राउ गरेको हो।

    उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

     


    images
    images

    Logo