images
images

असार ६ गते नगर सभाको १३ औँ अधिवेशन आव्हान, १० गते बजेट कार्यक्रम


  • 229
    SHARES
  • २०८० जेठ २६ गते शुक्रबार

    असार ६ गते नगर सभाको १३ औँ अधिवेशन आव्हान, १० गते बजेट कार्यक्रम

    काठमाडौँ । असार ६ गते नगर सभाको १३ औँ अधिवेशन आव्हान गर्ने निर्णयसहित बिहीबार काठमाडौँ महानगरपालिकाको १६ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । 

    बैठक कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा ४ र बागमती प्रदेश सभाले जारी गरेको पालिका तथा जिल्ला सभा सञ्चालन कार्यविधि ऐनबमोजिम अधिवेश आव्हान गरिएको हो । 
      
    बैठकले असार १० गते आर्थिक वर्ष २०८०र८१ को बजेट तथा कार्यक्रम नगर सभामा पेश गर्ने निर्णय गरेको छ ।  

    बैठकका अध्यक्ष एवं महानगरका कार्यवाहक प्रमुखले नगर सभाको अधिवेशन र बजेट तथा कार्यक्रम पेश गर्ने सम्बन्धमा प्रस्ताव राखेकी थिइन् । उक्त बैठकले प्रस्ताव सर्वसम्मत पारित गरेको छ । 


    images
    images

    Logo