images
images

कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक शेयर विक्रीमा


  • 330
    SHARES
  • २०८० जेठ २६ गते शुक्रबार

    कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । कुमारी बैंकले १ लाख ४६ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । बैंकले आज एक सुचना जारी गर्दै १ लाख ४६ हजार २ सय ८३ कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको हो । 

    यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

    लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । इच्छुक व्यक्तिले जेठ ३२ गतेभित्र आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।  बिक्री कुमारी क्यापिटल, नागपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।


    images
    images

    Logo