काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ४० रुपैयाँले बढेर १ हजार ४ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।