images
images

एक सय ३५ बिद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री 


  • 321
    SHARES
  • २०८० जेठ २६ गते शुक्रबार

    एक सय ३५ बिद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री 

    भक्तपुर । भक्तपुरको एक बिधालयका एक सय ३५ जना बिद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री  बितरण गरिएको छ । सुर्यबिनायक ८ सिपाडोलस्थित गंणेश माध्यमिक बिधालयका गरिव, दलित तथा जेहन्दार बिद्यार्थीलाई बिधालय पोशाक, जुत्ता लगायतका शैक्षिक सामान बितरण गरिएको हो ।
     
    जगत भैरव प्रतिस्ठानको सहयोगमा लक्षित विद्यार्थीहरूका लागि बिधालय पोशाक तथा स्टेसनरी बितरण गरिएको बिधालयले जनाएको छ ।
    बिहिवार बिधालयमा एक कार्यक्रमको आयोजना गरि नेकपा एमाले अध्यक्ष केपी ओलिकी धर्मपत्नी राधिका शाक्य, बागमती प्रदेश सभा सदस्य किरण थापा मगर र सुर्यबिनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले ती सामाग्री हस्तान्तरण गरेका थिए । 

    कार्यक्रमलाई सम्बोधनगर्दै प्रमुख अतिथि शाक्यले राजधानीकै विद्यार्थीको अवस्था यस्तो छ भने दुर दराजको अवस्था कस्तो होला भन्ने प्रश्न गर्दै वजेटमा शिक्षाक्षेत्रलाई धेरै वजेट बिनियोजन गरेपनि लक्षित बर्गसम्म पुग्न नसक्दा कयौंले शिक्षा लिन नपाएको बताइन् । बिधालयले संस्कृति सभ्यता र अनुसासनमा जोड दिनुपर्ने बताउँदै ओलीले आफ्नो शिक्षिका बनेर पढाउने लक्ष्य भएपनि समय परिस्थितिले त्यो नजुरेको बताइन ।

    bhaktapur school 1.jpg


     
    बाग्मति प्रदेश सांसद किरण थापाले आर्थिक अभावका कारण गरीव तथा जेहेन्दार छात्रछात्राले पढाईबाट बन्चित हुनु नपरोस् भनेर अक्षयकोष स्थापना गरि सहयोग गर्न थालेको बताए । त्यस क्रममा ४ लाखबढीको सहयोग गरेको थपाको भनाई थियो । 

    पढाईलाई सहयोग पुर्याउन बिधालयलाई ल्यापटप समेत प्रदान गरिएको थापाले जानकारी दिए ।४७५ जना अध्ययनरत बिधालयले भवनको अभावमा यसबर्ष भर्ना लिन नसकेको उल्लेख गर्दै थापाले करिव ६ करोड ५० लाखको लागतमा   स्कुलको २१ कोठे भवन बन्दै गरेको जानकारी दिए ।   गुणस्तरीय अध्ययन अध्यापनमा थप सहयोग पुग्ने उदेश्यले यस्तो सहयोग गरेको थापाको भनाइ थियो । पछिल्लो समय नमुना स्कुलको रूपमा चिनिएको बिधालयमा प्लस टु सञ्चालन गर्ने तयारी थालिएको थापाले जानकारी दिए । 

    नगर प्रमुख बाशुदेव थापाले जगत भैरव प्रतिस्ठानले उदाहरणीय काम गरेको बताउँदै तत्कालीन वडाध्यक्ष किरण थापाले आफुले पाउने पारिश्रमिकबाट यो बिधालयलाई सहयोग  गरेको बताउँदै यस्ता पुण्य काममा लाग्न सबैलाई  आग्रह गरे। 

    bhaktapur school 2.jpg

    द्वारिका प्रसाद सत्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमममा बोल्दै वडा नं. ८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले यस्ता कार्यक्रमले शक्षिक बिकासमा सहयोग पुग्ने बताए ।  प्रधानाध्यापक  चन्द्र प्रसाद मैनालीले
     बिधालयलाई उपलब्ध गराइएको ल्यापटपले गुणस्तरीय शिक्षा प्रदान गर्न मद्दत पुग्ने  बताए । कार्यक्रममा बिधालयलाई निरन्तर सहयोग गर्दै आएका  भक्तपुरका व्यवसायी  रामबहादुर लामा र चित्रा केसीलाई सम्मान गरिएको थियो ।


    images
    images

    Logo