काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा सुगौली सन्धी अघिको ‘ग्रेटर नेपाल’ को नक्सा राख्न लगाएका छन् । नेपालको भूमिसमेत राखि भारतले ‘अखण्ड भारत’ भन्दै नयाँ संसद भवनमा राखेको नक्साको काउन्टरमा उनले उक्त नक्सा राख्न लगाएका हुन् ।
मे २८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको नयाँ संसद भवनमा राखिएको नक्सामा नेपाल, पाकिस्तान, बंगलादेश, म्यानमार र श्रीलङ्काको केही र पूरै भाग समेत समावेश भएको छ । नेपालको लुम्बिनी र कपिलवस्तु पनि उक्त नक्सामा समावेश भएका कारण नेपाल, पाकिस्तान र बङ्गलादेशमा उक्त कुराको चर्को विरोध भइरहेको छ ।
बङ्गलादेश र पाकिस्तानले आधिकारीक रुपमा नै स्पष्टीकरण मागिसकेको भएतापनि नेपालले भने राष्ट्रिय स्तरबाट यतिन्जेल कुनै आधिकारीक प्रतिक्रिया दिएको छैन ।



