images
images

वर्षायाममा सडक खन्न रोक, नमाने कारबाही गर्ने चेतावनी


  • 434
    SHARES
  • २०८० जेठ २५ गते बिहीबार

    वर्षायाममा सडक खन्न रोक, नमाने कारबाही गर्ने चेतावनी

    काठमाडौं । सरकारले वर्षायामका बेला कुनै पनि कामका लागि सडकमा खन्न रोक लगाएको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सूचना जारी गर्दै वर्षायाममा सडक खन्न रोक लगाएको हो । 

    कार्यालयले बर्षयाममा असार १ गतेदेखि भदौ मसान्तसम्ममा कुनै पनि कामका लागि खन्न स्वीकृत नदिने जनाएको छ । यदी कसैले अटेर गरेका नमानेमा कार्यालयले कारबाही गर्ने समेत चेतावनी दिएको छ । 

    sadak-khanna.webp


    images
    images

    Logo