images
images

भक्तपुरमा १८ लाखभन्दा बढीका गरगहना र नगद चोरी


  • 1.1K
    SHARES
  • २०८० जेठ २५ गते बिहीबार

    भक्तपुरमा १८ लाखभन्दा बढीका गरगहना र नगद चोरी

    काठमाडौं । भक्तपुरका दुई ठाउँमा बुधबार सुनका गरगहना र नगद गरी १८ लाखभन्दा बढीको चोरी भएको छ । मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा नगद र गरगहना चोरी भएको हो ।

    चाँगुनारायण नगरपालिका–५ छालिङ भीमसेन टोलकी निर्मला वनको घरबाट दिउँसै ढोकाको ताला फुटाइ १० लाख ९६ हजार छ सय २५ सुनको विभिन्न गहना र नगद ३१ हजार चोरी भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

    त्यस्तै प्रहरीका अनुसार झापा दमक नगरपालिका–३ घर भई मध्यपुरथिमि नगरपालिका–३ कौशलटार कुटु टोलमा बस्ने भएकी बबिता भट्टराईको डेराबाट सात लाख १२ हजार बराबरको सुनका गरहगहना र नगद १६ हजार नगद चोरी भएको छ । 

    प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।


    images
    images

    Logo