काठमाडौं । हकप्रद निष्काशनको लागि अुनमति माग्दै छ्याङदी हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कुल ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट्स रहेको छ ।