images
images

अमेरिकी मन्त्रीको भनाइप्रति चीनको आपत्ति


  • 274
    SHARES
  • २०८० जेठ २४ गते बुधबार

    अमेरिकी मन्त्रीको भनाइप्रति चीनको आपत्ति

    नयाँदिल्ली । अमेरिकी रक्षामन्त्रीको भनाइप्रति चीनले आपत्ति जनाएको छ । विश्वले ‘बेइजिङको धम्की र जबरजस्ती झेल्नु परेको’ रक्षामन्त्री लोयड अस्टिनको टिप्पणीप्रति चीनले आपत्ति जनाएको हो । 

    भारत भ्रमणको क्रममा अमेरिकी रक्षामन्त्रीले गरेको टिप्पणीको जवाफमा नयाँदिल्लीस्थित  चिनियाँ दूतावासका प्रवक्ता वाङ सिया ओजियानले  जबरजस्ती र आधिपत्यका लागि सबै प्रकारका उपाय अमेरिकाले अपनाउने गरेको बताएका छन् । उनले विश्वशान्ति र समृद्धिका लागि चीनको योगदान रहेको बताउँदै अमेरिकाको जबरजस्ती र दादागिरीका कारण विकासोन्मुख देशमात्र नभइ उसका सहयोगी र साझेदारहरूसमेत मारमा परेका दाबी गरेका छन् । 

    “वर्तमान चीन–भारत सीमा स्थिति समग्रमा स्थिर छ,  सीमा मामिला चीन र भारत बीचको विषय हो,  कुनै तेस्रो पक्षको हस्तक्षेप स्वीकार्य छैन,”  प्रवक्ता वाङले भनेका छन् ।

    सोमबार रक्षामन्त्री राजनाथ सिंहसँगको द्विपक्षीय बैठकपछि पत्रकार सम्मेलनमा अमेरिकी रक्षामन्त्री अस्टिनले द्रुत रूपमा परिवर्तन भइरहेको विश्व र अन्तरराष्ट्रिय चुनौतीको चर्चा गर्दा चीनमाथि त्यस्तो टिप्पणी गरेका थिए । उनले युक्रेन युद्धमा चीनको भूमिकाका साथै आतङ्कवाद र जलवायु परिवर्तनजस्ता अन्तरराष्ट्रिय चासोका विषयमा चीनको भूमिकालाई लिएर आलोचना गरेका थिए । 


    images
    images

    Logo