काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । बुधबार प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । मंगलबार ९ सय रुपैयाँले बढेकाे थियाे ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।