काठमाडौं । सीटीईभीटीका कर्मचारीहरुसहित सुनकोशी नदीमा खसेको गाडी र २ जनाको शव फेला परेको छ । सुनकोसीमा खसेको ५ दिनपछि उक्त गाडी र शव भेटिएको हो ।
सशस्त्र प्रहरीको बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डको गोताखोरले दुई जनाको शव र गाडी निकाल्न सफल भएको हो ।
गत शुक्रबार दिउँसो भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बा १ झ ७४६७ नम्बरको स्कारपियो गोलन्जोर गाउँपालिका– ७ को लौकुनबाट सुनकोसीमा खस्दा तीन कर्मचारी बेपत्ता भएका थिए । उक्त ३ जनामध्ये २ जनाको शव भेटिएको छ भने १ जना अझै बेपत्ता छन्।
गाडीचालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएका थिए ।