काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.६६ अंकले बढेर १ हजार ९ सय २७ दशमलव ६५ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ६९ स्क्रिपको १ अर्ब ९८ करोड रुपैयाँ बराबरको ५५ लाख ४१ हजार कित्ता शेयर किनबेच भएको छ ।
मंगलबार नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको हो । सोमबार १ अर्ब ९७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । यस दिन विशेष गरी होटल तथा पर्यटन उपसमूहमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ। १३ उपसमूहमध्ये यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ५.६७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक ४.६४ प्रतिशत बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक ३.१५ प्रतिशत बढेको छ।
त्यस्तै, यस दिन वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। आज १ सय ८५ कम्पनीको शेयर मुल्य बढेको छ । ३१ कम्पनकिो शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्यमा सिथर आएको छ ।
आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको ९ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ९ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको ८ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
मंगलबार न्यादी हाइड्रोपावरको ९.८५ प्रतिशतले बढेको छ । त्यस्तै, सनराइज फोकस्ड इक्विटी फण्डको ९.२४ प्रतिशत, सोल्टी होटेल ८.७५ प्रतिशत, प्रभु इस्योरेन्स ७.९९ प्रतिशत र सिद्धार्थ प्रिमियर इस्योरेन्स ७.८५ प्रतिशतले बढेको छ ।



