images
images

कोशी प्रदेशबाट बाहिरीने माओवादी केन्द्रको निर्णय 


  • 364
    SHARES
  • २०८० जेठ २३ गते मंगलबार

    कोशी प्रदेशबाट बाहिरीने माओवादी केन्द्रको निर्णय 

    काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।  पार्टी प्रदेश कमिटीको पदाधिकारीको आज बिहान बसेको बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

    सो बैठकले समर्थन फिर्ताका साथै आफ्ना पार्टीका मन्त्रीहरूलाई समेत फिर्ता बोलाउने निर्णय गरेको हो । समर्थन फिर्ता लिएसँगै एमालेका मुख्यमन्त्री  हिक्मतकुमार कार्कीकाे नेतृत्वमा बनेकाे सरकार अल्पमतमा परेको छ । 

    पुस ९ गते एमाले, माओवादी केन्द्र, जसपासहितको गठबन्धन बनेपछि पुस २५ गते मुख्यमन्त्री कार्की नेतृत्वमा सरकार गठन भएको थियो । सरकारमा माओवादी केन्द्रबाट २ जना मन्त्री छन् । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा दुर्गाप्रसाद चापागाईं र वन, पर्यटन तथा वातावरण मन्त्रालयमा जीवन आचार्य मन्त्री छन् ।

     

     


    images
    images

    Logo