images
images

सेवाग्राहीको गोपनियता नीतिमाथि शंका नगर्ने टेलिकमको आग्रह 


  • 489
    SHARES
  • २०८० जेठ २३ गते मंगलबार

    सेवाग्राहीको गोपनियता नीतिमाथि शंका नगर्ने टेलिकमको आग्रह 

    काठमाडौं । नेपाल टेलिकमले सेवाग्राहीको गोपनियता नीतिमाथि शंका नगर्ने आग्रह गरेको छ । टेलिकमले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । 

    प्रेस विज्ञप्तिमा भनिएको छ ‘नेपाल टेलिकमले ग्राहकको गोपनियतालाई सधै सम्मान गर्ने र यसको सुरक्षा र गोपनियतामा एकरत्ति पनि सम्झौता हुन नदिने प्रति सबै ग्राहक महानुभावहरुलाई आश्वस्त हुन अनुरोध गर्दछौं । यसका साथै राज्यका अधिकारप्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानुन बमोजिम सम्मानित अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवा प्रदायकहरुले झैं कम्पनीले विवरणहरु उपलब्ध गराउने गरेको छ । कम्पनीका सेवाहरु अत्यन्त भरपर्दा र सुरक्षित बनाई ग्राहकवर्गको गोप्यता कायम गर्न हामी अत्यन्त संवेदनशील रहेको व्यहोरा जानकारी गराउँदै कम्पनीका सेवा निर्धक्क भएर प्रयोग गर्नुहुन अनुरोध छ ।’ 

    यसका साथै पछिल्लो समयमा कम्पनीका सेवाका संस्थागत प्रयोगकर्ताहरु उल्लेख्य रुपमा बढिरहेको समेत जनाएको छ ।


    images
    images

    Logo