काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य आज फेरि बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
सोमबार प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४ सय २० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।